फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष लुकाज पोखरामा, नगर प्रमुखसँग भेटवार्ता
२० जेठ २०८३, बुधबार
- विश्वकै प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।
विश्वकै प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा उड्डयन क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका लुकाजले भेटका क्रममा फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्न इच्छुक रहेको बताएका छन् । उनले उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र एयरलाइन सञ्चालनका क्षेत्रमा आफ्नो विशेषज्ञता रहेको उल्लेख गर्दै पोखरा जोडिने उडानले यस क्षेत्रको पर्यटनलाई थप गति दिने धारणा राखेका छन् ।
विमानस्थलहरूको अन्तर्राष्ट्रिय तथा स्थानीय उड्डयन सुरक्षा मापदण्ड पालना सुनिश्चित गर्ने सुरक्षा रणनीतिमा अनुभव भएका लुकाजले पोखराको प्राकृतिक सौन्दर्यबाट आफू प्रभावित भएको पनि बताए ।
भेटका क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल भइरहेको जानकारी दिएका थिए । उनले दुई देशबीचको पर्यटन आदान–प्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण हुने भएकाले कम्पनीको तर्फबाट विशेष पहल गर्न आग्रह गरे ।
उनले नेपाल सरकारसँग पटक–पटक छलफल भइरहेको र विशेष समयमा अन्तर्राष्ट्रिय चार्टर उडानहरू समेत सञ्चालन हुँदै आएको उल्लेख गर्दै विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा सक्षम रहेको दाबी गर्दै पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको प्रवर्द्धनका लागि नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको बताएका थिए ।
भेटवार्तामा नगर प्रमुख आचार्यसहित पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईलगायतको उपस्थिति रहेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।